national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा दशमी - २५

परिचय

परिचय :-

यस भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको स्थापना आ.व. ०७५/७६ को सुरु बाट प्रदेश सरकार, तत्कालिन भौतिक पुर्बाधार विकास मन्त्रालय, प्रदेश नं. १, बिराटनगर अन्तर्गत मोरंग जिल्लाको बिराटनगरमा स्थापना भएको हो | यस कार्यालयको कार्य क्षेत्र कोशी प्रदेशका तराई तथा भित्रि मधेशका जिल्लाहरु झापा, मोरंग, सुनसरी, उदयपुर, इलाम लगाएत पहाडी क्षेत्रका क्षेत्रहरु समेत रहेका छन् | साबिक भूमिगत जल सिँचाइ विकास डिभिजन कार्यालय, बिराटनगर अन्तर्गतका सम्पूर्ण सम्पत्ति तथा दाईत्वहरु संघियता पश्चात सम्पन्न भएको O&M अनुसार प्रदेश सरकार अन्तर्गत हस्तान्तरण भई भूमिगत सिँचाइ सम्बन्धि तोकिएका कार्यहरु गर्दै आएको छ|

उदेश्य र लक्ष्यहरु :-

प्रदेशको समग्र विकासका लागी परिकल्पना गरिएको “स्वच्छ, सुखी र समुन्नत प्रदेश” दिर्घकालिन सोंच प्राप्त गर्न प्रथम पन्चबर्षीय मुख्य परिमाणात्मक लक्ष्य अनुसार प्रदेशको कृषि योग्य भूमिमा सिँचाइ सुबिधा हालको ५३% बाट ८०% मा पुर्याउने रहेको छ | यसै दिर्घकालिन सोंच बमोजिम प्रदेशमा भूमिगत सिँचाइको लागि सम्भाब्या क्षेत्रहरुको पहिचान गरि सम्भाब्या क्षेत्रहरुमा भूमिगत जालबाट सिँचाइ सुबिधा विस्तार गर्नु यस भूमिगत जलस्रोत तथा सिँचाइ विकास कार्यालय, बिराटनगरको प्रमुख उदेश्य रहेको छ | यस उदेश्य प्राप्तगर्नको लागि निम्न अनुसारका लक्ष्यहरु रहेका छ :