कार्यालयको प्रमुख दायरा

कार्यालयको प्रमुख दायरा

उदेश्य र लक्ष्यहरु

कोशी प्रदेशको समग्र विकासका लागी परिकल्पना गरिएको स्वच्छ, सुखी र समुन्नत प्रदेश दिर्घकालिन सोंच प्राप्त गर्न प्रथम पन्चबर्षीय मुख्य परिमाणात्मक लक्ष्य अनुसार प्रदेशको कृषि योग्य भूमिमा सिँचाइ सुबिधा हालको ५३% बाट ८०% मा पुर्याउने रहेको छ | यसै दिर्घकालिन सोंच बमोजिम प्रदेशमा भूमिगत सिँचाइको लागि सम्भाब्या क्षेत्रहरुको पहिचान गरि सम्भाब्या क्षेत्रहरुमा भूमिगत जालबाट सिँचाइ सुबिधा विस्तार गर्नु यस भूमिगत जलस्रोत तथा सिँचाइ विकास कार्यालय, बिराटनगरको  प्रमुख उदेश्य रहेको छ | यस उदेश्य प्राप्तगर्नको लागि निम्न अनुसारका लक्ष्यहरु रहेका छ :

  1. प्रदेशमा भूमिगत जल सिँचाइको सम्भाब्या क्षेत्र तथा सिँचाइ सुबिधाउपलब्ध नभएका कृषि योग्य क्षेत्रहरुको पहिचान गरि बार्है महिना सिँचाइको सुबिधा उपलब्ध गर्ने/गराउने |
  2. बिगतका बर्षहरुमा विभिन्न निकायहरुबाट सिँचाइको लागि निर्माण भएका डिप ट्यूववेल सिँचाइ प्रणालीहरुको मर्मत सम्भार गरि पुन: संचालन गर्ने/गराउने |
  3. भूमिगत जल उपभोक्ता समिति तथा लाभान्वित समूहहरुको संस्थागत विकासको लागि तालिम, गोष्टि, कार्यशाला तथा अबलोकन भ्रमण संचालन गर्ने/गराउने |
  4. प्रदेशका पहाडी क्षेत्रहरुमा भूमिगत जलको संरक्षण तथा पुनर्भरण कार्यका लागि जलाधार क्षेत्रको संरक्षण तथा पुनर्भरण संरचना निर्माण गर्ने गराउने |
  5. भूमिगत जलस्रोतको उपयोग, विकास तथा संरक्षण का लागि भौगर्भिक (Geological), Hydrogeological तथा भू-भौतिकी (Geophysical) अध्ययन अनुसन्धान गर्ने/गराउने |
  6. सरकारी तथा अन्य निकायहरुलाई भूमिगत जलस्रोतको उपयोग, विकास तथा संरक्षण का लागि भौगर्भिक (Geological), Hydrogeological तथा भू-भौतिकी (Geophysical) अध्ययन सम्बन्धि राय सुझाव तथा परामर्श उपलब्ध गराउने |